आजदेखि नयाँ नियमः बैंक खाता नखोले अब विदेश जान नपाईने
हाल, दैनिक कामको खोजीमा ८ सय नेपाली विदेश गइरहेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । विभागले गत शुक्रबार विज्ञप्ति जारी गदै वैदेशिक रोजगारीमा जाने कामदारले भदौ १६ गतेदेखि बैक खातासँगै आर्थिक विवरण पनि पेश गर्नुपर्ने सूचना जारी गरेको थियो । त्यहि अनुसार सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा बैक खाता र बैकिङ विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने भएको छ । विभागले भदौ ...











