१४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा
इटहरी : इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउगाँउमा विकासको लहर छाएको दावी गरेको छ ।
एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा दिने बताए । इटहरीमा सडक निर्माणको कामले गाँउगाँउमा तिव्रता लिएको बताए । इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदैछन् । ती सडक निर्माणपछि गाँउ र मुख्यसडकलाई पिच बाटोले जोडने छ । उपमह...