लेबनानमा परिवारका सदस्यसहित मारिए हमास नेता अल-अमिन

लेबनानमा परिवारका सदस्यसहित मारिए हमास नेता अल-अमिन
एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हमलामा आफ्ना नेता फतेह सरिफ अबु अल-अमिन पनि मारिएको हमासले जनाएको छ।हमासले अल-अमिनसँगै उनका परिवारका केही सदस्य पनि मारिएको बताएको छ। लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी सहर तायाहनजिकै रहेको एउटा शिविरमा हवाई आक्रमण गरेको जानकारी दिएको थियो। यसैबीच इजरायली रक्षा बल (आईडीएफ) ले भन्यो- हमास नेता अल-अमिनले लेबनानमा हिजबुल्लाहसँग मिलेर हमासको आतं...

कोशी प्रदेशको लगानी सम्मेलन माघमा

कोशी प्रदेशको लगानी सम्मेलन माघमा
कोशी प्रदेशको लगानी सम्मेलन माघमा विराटनगर । माघ महिनामा कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन गर्ने भएको छ ।प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको हो । कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो ।प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा पनि लगानी सम्मेलन गर...

मोरङका खोला र पैनीमा भेटियो ३ जनाको शव

मोरङका खोला र पैनीमा भेटियो ३ जनाको शव
मोरङका खोला र पैनीमा भेटियो ३ जनाको शव मोरङ । खोलाले बगाएर ल्याउँदै गरेको र डुबेर मृत्यु भएको अवस्थामा मोरङका अलगअलग स्थानमा सोमबार ३ जनाको शव फेला परेको छ । कानेपोखरी र ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा शव भेटिएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार वृद्धसहित २ जना पुरुष र १ जना महिलाको शव भेटिएको हो । विराटनगरको सिंघिया खोलामा मृत फेला परेकी महिलाको पहिचान...

काठमाडौंबाट लमजुङ जाँदै गरेको माइक्रोबस शिवपुरीमा दुर्घटना, चालकसहित ११ घाइते

काठमाडौंबाट लमजुङ जाँदै गरेको माइक्रोबस शिवपुरीमा दुर्घटना, चालकसहित ११ घाइते
नुवाकोट । नुवाकोटको शिवपुरीमा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  प्रहरीका अनुसार दुई जना गम्भीर घाइते छन् । काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको माइक्रो सोमबार दिउँसो शिवपुरीको भीरबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । काठमाडौं टोखा–छहरे–गंगटे सडक...

भोजपुरको नौं वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

भोजपुरको नौं वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध
भोजपुर । केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छभने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षाले सदरमुकामबाट उत्तरी क्षेत्र जोड्ने भोजपुर–दिङ्ला सडक र दक्षिणी क्षेत्र जो...

भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट

भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
काठमाडौँ / भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । बर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बंगलादेशले २३३ रन बनाएर अलआउट भएको हो । बंगलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट ल...

छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौं / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ । अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् । सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसमा पेशी तोकिएको छ । सहकारी ठगीमा पक्रा...

कोशी सरकारले बाढी पहिरोमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत दिने

कोशी सरकारले बाढी पहिरोमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत दिने
इटहरी । कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्रदेश विपद् ऐन अनुसार प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश विपत् कार्यकारी समितिका संयोजक एव आन्तरिक मामिला त...

दशैंको लागि सुकिला नोट वितरण सुरु

दशैंको लागि सुकिला नोट वितरण सुरु
इटहरी । दशैंका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोटको वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको छ । यो वर्ष राष्ट्र बैंकले नयाँ नोट भने छापेको छैन । गत वर्ष नै छापेका सुकिला र सफा नोट वितरण गर्ने बैंकको तयारी छ । राष्ट्रबैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित...

विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
इलाम । गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् । विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन् । मोब...