बिदाको दिनमा पनि सेवा निरन्तरता कायम राख्न सवारी व्यवस्थापन सुधार अपरिहार्य : प्रमुख प्रशासकीय अधिकृत भट्टराई

बिदाको दिनमा पनि सेवा निरन्तरता कायम राख्न सवारी व्यवस्थापन सुधार अपरिहार्य : प्रमुख  प्रशासकीय अधिकृत भट्टराई
मोरङ । स्थानीय तहको सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र निरन्तर बनाउने लक्ष्यसहित बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले सार्वजनिक बिदाका दिनमा समेत कार्यालयका सवारी साधन प्रयोगसम्बन्धी स्पष्ट, व्यवहारिक र पारदर्शी नीति आवश्यक रहेको बताएका छन्। वर्तमान व्यवस्थामा रहेका अस्पष्टता र प्रक्रियागत झन्झटले सेवा प्रवाहमा अवरोध मात्र होइन, कर्मचारीको कार्यक्षमतामा समेत असर पारिरह...

बिर्तामोडको डान्सबारमा झगडाः २ जना घाइते, ३ पक्राउ

बिर्तामोडको डान्सबारमा झगडाः २ जना घाइते, ३ पक्राउ
बिर्तामोड। झापाको बिर्तामोडस्थित एक डान्सबारमा भएको झगडामा परी दुईजना घाइते भएका छन्। बिर्तामोड नगरपालिका-२ स्थित गन्तव्य डान्सबारमा आइतबार राति करिब १:३० बजेको समयमा युवाहरूबीच कुटपिट भएको हो। झगडामा परी मेचीनगर नगरपालिका-१ का २० वर्षीय सिद्धार्थ शाही र ३० वर्षीय कर्ण राई घाइते भएका छन्। शाहीको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था सामान्य रह...

माेरङमा चट्याङ लागेर दुई जना घाइते

माेरङमा चट्याङ लागेर दुई जना घाइते
बेलबारी । जिल्लाका विभिन्न स्थानमा परेको चट्याङका कारण दुई जना घाइते भएका छन्। आज बिहान करिब ७:५० बजे पथरीशनिश्चरे नगरपालिका–२ कालापानी निवासी ४६ वर्षीया जानुका रेग्मी आफ्नै भान्सा घर अगाडि उभिएको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा घाइते भएकी हुन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। घाइते रेग्मीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा भर्ना गरिए...

सुन्दरहरैँचामा अचेत भेटिएका युवकको मृत्यु

सुन्दरहरैँचामा अचेत भेटिएका युवकको मृत्यु
मोरङको सुन्दरहरैँचामा अचेत अवस्थामा भेटिएका युवकको शनिबार राति मृत्यु भएको छ ।सुन्दरहरैँचा नगरपालिका–२ का अन्दाजी ३० वर्षीय मोहन खवास राति १०ः२० बजेतिर बेहोस भएर लडिरहेको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार खवास सुन्दरहरैँचा–३ आमजुंगी नजिक भित्री बाटोको किनारमा अचेत अवस्थामा फेला परेका हुन् । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनस...

कोशीका ४ जिल्लाबाट ६ जना पक्राउ

कोशीका ४ जिल्लाबाट ६ जना पक्राउ
विराटनगर । कोशी प्रदेशका विभिन्न ४ वटा जिल्लाबाट ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) लगायतका लागुऔषध बरामद भएको छ । प्रहरीले झापा, सुनसरी, धनकुटा र उदयपुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । झापामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा गाउँपालिका–१ मा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा चालक कन्काई नगर...

विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ

विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ
विराटनगर । विराटनगरमा तास खेलिरहेका ६ जना बुधबार राति पक्राउ परेका छन् । तास खेलिरहेका बेला उनीहरुलाई विराटनगर महानगरपालिका–९ सोमबारेबाट राति ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी, ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं, ५६ वर्षीय राजु रन्जितकार र विराटनगर–१३ का ६२ वर...

उदयपुरमा आगोले जलेर हजुरबुवा र नातिको मृत्यु

उदयपुरमा आगोले जलेर हजुरबुवा र नातिको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा भीषण आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृतकहरु हजुरबुवा र नाति रहेको रहेको प्रहरीले जनाएको छ । एक जना महिला घाइते भएकी छन् । आगोले जलेर ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंले बताए । उनका अनुसार मृतकहरु पवन लक्ष्मीनारायणको छोरीका छोरा हुन् । प्रहरीक...

झापा–पश्चिम बंगाल निर्वाचन: काँकरभिट्टा र पशुपतिनगर नाका ७२ घण्टा बन्द

झापा–पश्चिम बंगाल निर्वाचन: काँकरभिट्टा  र पशुपतिनगर नाका ७२ घण्टा बन्द
झापा : भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै पूर्वी नेपालका दुई प्रमुख सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ। झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर नाका सोमबार साँझ ६ बजेदेखि आगामी बिहीबार राति १२ बजेसम्म पूर्ण रूपमा बन्द रहने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। भारतीय पक्षबाट प्राप्त औपचारिक पत्राचारपछि उक्त निर्णय लागू गरिएको प्रम...

अष्टजाम हेर्न गएका दुई समूहबीच झडप

अष्टजाम हेर्न गएका दुई समूहबीच झडप
झापा : भद्रपुर नगरपालिका–४ मन्त्रीचोकमा राधाकृष्ण अष्टजाम हेर्न गएका दुई समूहबीच झडप हुँदा एक किशोर घाइते भएका छन्। गएराति करिब ९ : ३० बजे भएको कुटपिटमा कचनकवल गाउँपालिका–४ का १७ वर्षीय बिक्रम माझी घाइते भएका हुन्। उनको टाउको र कानमा चोट लागेको छ भने स्थानीय मेडिकलमा उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनापछि नेपाल प्रहरी को भद्रपुरस्थित टोली खटिई संलग्नहरूको खोजतलास...

मोरङमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

मोरङमा प्रहरीले चलायो गोली, एक जना पक्राउ
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले गोली चलाएर एक जना युवालाई नियन्त्रणमा लिएको छ । भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले हवाइ फायर गर्नु परेको हो । रतुवामाई नगरपालिका–१ हटिया डाँडामा राति करिब ८ः२० बजेतिर गोली चलेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार गोली हानेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार युवकलाई पक्राउ गरिएक...