सुनसरीको इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ
इनरुवा, १६ साउन । सुनसरीमा घुस लिँदै गरेको अबस्थामा इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इनरुवाको नापी कार्यालयमा घुस माग्ने सुनसरीका सर्वेक्षक मागेन महतो र घुसको सेटिङ मिलाउने लेखनदास रामनारायण कोदारलाई नगद ११ हजार रुपैँयासहित पक्राउ गरेको हो।
नक्सा सुधार गर्न पुगेका सेवाग्राहीसँग घुस माग...









