सुनसरीबाट ब्राउन सुगरसहित ११ जना पक्राउ
सुनसरी : सुनसरीको विभिन्न स्थानहरूमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ब्राउन सुगरसहित ११ जनालाई नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले कोशी गाउँपालिका वडा नम्बर १ स्थित पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ६ ढलान रोड क्षेत्रमा विशेष चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
दिउँसो १२ः३० बजेदेखि साँझ ७ः४५ बजेस...











