झापा–पश्चिम बंगाल निर्वाचन: काँकरभिट्टा र पशुपतिनगर नाका ७२ घण्टा बन्द
झापा : भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै पूर्वी नेपालका दुई प्रमुख सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर नाका सोमबार साँझ ६ बजेदेखि आगामी बिहीबार राति १२ बजेसम्म पूर्ण रूपमा बन्द रहने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
भारतीय पक्षबाट प्राप्त औपचारिक पत्राचारपछि उक्त निर्णय लागू गरिएको प्रम...











