बारामा एनसेल टावरमा आगजनी

बारा / बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । आगजनी कसले गयो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टाव...

तरहरा घर भएकि स्टाफ नर्सकाे इटहरीबाट अपहरण

तरहरा घर भएकि स्टाफ नर्सकाे इटहरीबाट अपहरण
इटहरी / माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिकल कलेजमा स्टाफ नर्सकाे कक्षा सकेर घर फर्कदै गरेकी किशाेरी बिच बाटाेबाटै अपहरणमा परेकाे खुल्न आएकाे छ । मंगलबार मध्यराती १ बजे धरानकाे जिराेपाेइन्ट देखि शय मिटर पर एक्लै अवस्थामा प्रहरीले फेला पारेपछि यस्ताे खुलेकाे हाे । किशाेरीका अनुसार उनि बिराटनगरस्थित नाेबेल मेडिकल कलेजमा स्टाफ नर्सकाे कक्षा सकेर फर्कदै गर्दा इटहरीबाट अपहरणमा परेकाे बताएकि छिन । तर...

ट्रक पल्टिँदा ३ जनाको मृत्यु

ट्रक पल्टिँदा ३ जनाको मृत्यु
बर्दिया पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका २ मा ट्रक पल्टिँदा ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान करिब ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको बर्दियाका एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।उनका अनुसार दुर्घटनाका मृतकमध्ये मिनबहादुर शाहीको मात्र पहिचान खुलेको छ ।

मिनीबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

मिनीबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
कपुञ्चनर,  कपुञ्चनरको कृष्णपुर नगरपालिका ५ अमखैया जंगलमा गएराति मिनीबस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भारतीय नम्बरको मिनीबस र विपरीत दिशाबाट आउँदै गरेको म २ प ९०२७ नम्बरको मोटरसाइकल गएराराति सवा ९ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ३ का ४४ वर्षीय जय बहादुर रानाको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा गएराति नै मृत्...

ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट  २ जनाको मृत्यु
१६ पुस,रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका २ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी सवार सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय छन् । सुरेन्द्रको जिल्ला अस्पताल गौरमा र राजेन्द्रको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ना ३८ प ५१५३ नम्बरको मोटरसाइक...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु। एक जना गम्भीर घाईते

ट्याक्टर दुर्घटनामा  एकको मृत्यु। एक जना गम्भीर घाईते
दाङ्गमा ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाईते भएका छन् । जिल्लाको बबई गाउँ गाउँपालिका–२ रातामाटास्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ त ३२५७ नम्वरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खस्दा सोही गाउँपालिका ५ जौबारीका २६ बर्षीय चालक खुमबहादुर बुढाथोकीको मृत्यु भएको हो । त्यस्तै सह चालक रातामाटाका २५ बर्षीय टोपबहादुर खत्री गम्भीर घाईते भई थप उपचारका लागि कोहलप...

आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्ती देवीको उपचारको क्रममा मृत्यु

आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्ती देवीको उपचारको क्रममा मृत्यु
आगो ताप्ने क्रममा लागेको आगोमा जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको जिराभवानी गाउँपालिका–१ भवानीपुर बस्ने प्रमोद दासकी श्रीमती २६ वर्षीया शान्ती देवी यादव आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी थिइन् । गत पुस ३ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्तिको वीरगन्जमा उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर अस्पताल रेफर गरिएको थियो । कीर्तिपुर अस्पतालमा उपचारकै क...

गृह मन्त्रालय तानिएका सीडीओ रिजाल अख्तियारको हिरासतमा

गृह मन्त्रालय तानिएका सीडीओ रिजाल अख्तियारको हिरासतमा
दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई अख्तियारले हिरासतमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीडीओ रिजाललाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो। तत्कालिन प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट मंरिस १८ गते २१ हजार लिएको तथ्य सार्वजनिक भएको थ...

अब भाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने

अब भाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने
काठमाडौँ । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । ...

प्रदेश नाम र राजधानी निर्णय कार्यान्वयन गराउन नेकपा नेतृत्वलाई सकस

प्रदेश नाम र राजधानी निर्णय कार्यान्वयन गराउन नेकपा नेतृत्वलाई सकस
काठमाडौँ । प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने निर्णय कार्यान्वयन गराउन सत्तारुढ नेकपा नेतृत्वलाई सकस हुने देखिएको छ । नेकपा प्रदेश ३ का नेताहरुले सचिवालको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय कार्यान्वयन गराउन नसक्ने जानकारी पार्टी अध्यक्षद्वयलाई दिएका छन् । आईतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रस्ताव गर्ने निर्णय गरेको थियो। सचिव...