बिष्फोटक पदार्थ सहित तीन जना पक्राउ

बिष्फोटक पदार्थ सहित  तीन जना पक्राउ
ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक ...

काठमाडौंबाट विप्लव समूहका १३ जना पक्राउ

काठमाडौंबाट विप्लव समूहका १३ जना पक्राउ
१३ पुस, काठमाडौं । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३  जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा ...

कृष्णदासको मुद्दामा थुनछेक आज

  इनरुवा / सुनसरी जिल्ला अदालत इनरुवामा हेर्दाहेर्दैमा रहेको बलात्कारका आरोपित कृष्णबहादुर गिरी उपरको मुद्दामा आज थुनछेक हुँदैछ । शुक्रबार गिरीको बयान लिएको अदालतले आज उनीमाथि लागेको अभियोगमा थुनछेक बहस थाल्ने छ । प्रहरीले गिरीलाई अदालतमा उपस्थित गराएपछि थुनछेकको प्रकृया अघि बढ्ने छ । सुनसरी जिल्ला अदालतका अनुसार थुनछेककालागि ११ जनाको वकालतनामा परेको छ । बहसकै क्रममा समेत थप वकालतना...

पैदलयात्रीलाई ठक्कर दिएर भागेको टिपर फेला

पैदलयात्रीलाई ठक्कर दिएर भागेको टिपर फेला
काठमाडौं– काठमाडौंको मिनभवनमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको टिपर फेला परेको छ । काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको थियो । पहिचान नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हा...

ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा आगलागी

ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा आगलागी
१३ पुस, काठमाडौं । ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ । राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा गएराति ८ बजे आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगाे फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगाे नियन्त्रणमा आएको सानेपा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आगलागीको कारण र क्षत...

सोमालियामा शक्तिशाली विस्फोट कम्तीमा ७६ जनाको मृत्यु

सोमालियामा शक्तिशाली विस्फोट  कम्तीमा ७६ जनाको मृत्यु
पुस १३,  सोमालियाको राजधानी मोगादिशुको चेकपोस्ट नजिकै कार बम विस्फोट हुदाँ ७६ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, विस्फोटपछि मृत शरीरहरू तितरवितर भएर छरिएका थिए । केही शव चिन्नै नसकिने गरी जलेका छन् । विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । अल-शाबब मिलिट्यान्सले पटक/पटक आक्रमण गर्ने गरेकाले उसैमाथि शंका गरिएको छ । सोमालियाका विदेश ...

१४ वर्षीय बालिकालाई जवर्जस्ती गर्ने ६९ वर्षीय वृद्ध पक्राउ

१४ वर्षीय बालिकालाई जवर्जस्ती गर्ने ६९ वर्षीय वृद्ध पक्राउ
१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइ रहेका छन् । छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । दमाइले शरीरका संवेदनशील अंगम...

मोदीको मुस्लिमफोबियाले नेपाललाई साइड इफेक्ट

मोदीको मुस्लिमफोबियाले नेपाललाई साइड इफेक्ट
काठमाडौँ । संसारमा सबैभन्दा बढी भगवान जन्माउने देश कुन हो? प्रश्न भुइँमा नझरी झर्ने उत्तर हो – भारत। जनगणना गर्ने हो भने भारतमा मान्छेभन्दा भगवान बढी छन् होलान्। ओभरपपुलेटेड विथ गड्स। यतिका भगवान अटाउने देशसँग आफ्नै मान्छे अटाउने ठाउँ त किन नहोला र ? तर पात्रोबाट २०१९ भाग्नै लाग्दा भारतमा एउटा यस्तो ठूलो तहल्का आयो। जसले भगवानका देशबाट मान्छेहरु भगाउने डरलाग्दो संकेत देखायो। कुरो हो २ हप्ता अघि...

मतानमा शंकास्पद आगोलागी, प्रहरीले आंशकामा एक महिला पक्राउ

मतानमा शंकास्पद आगोलागी,  प्रहरीले आंशकामा एक महिला पक्राउ
खोटाङ /खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बोम्लुङटोलकी मनकुमारी राईको मतानमा शुक्रबार राति शंकास्पद तबर बाट  आगोलागी भएको वडाध्यक्ष दिपेन राईले वताए । उनको मतानमा अचानक आगोलागी शुरु भएको थियो । मतानमा शंकास्पद तरवबाट आगोलागी भएपछि स्थानीय एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । रिसइविमा आगो लगाइ दिएको आशंकामा उनलाई पक्राउ गरिएको बताईएको छ । यद्यपी, मतानमा आगलागी हुनुको कारण भने खुलेको छैन ।

सल्यानमा घोडाले हान्दा बालकको ज्यान गयो

सल्यानमा घोडाले हान्दा बालकको ज्यान गयो
सल्यान वनगाड कुपिण्डे नगरपालिका १ मा घोडाले लात्तिले हिर्काउँदा एक बालकको ज्यान गएको छ । वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु बुढाको ज्यान गएको हो । शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले लात्तीले हान्दा घाईते भएका थिए । घाइते बालकलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।