बलात्कार आरोपमा सप्तरीबाट वडाध्यक्ष पक्राउ
स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् ।
३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए ।
पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्ष सहित अर्का १ जनाले जबर...











