बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट
चितवन / बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्षमाथि कुटपिट भएको छ । उनलाई कालोमोसो र जुत्ताको माला समेत लगाइएको छ ।
वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गरेको हो ।
जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्...











