बालेनको कार्यशैलीमा सुनिताले उठाइन् प्रश्न

बालेनको कार्यशैलीमा सुनिताले उठाइन् प्रश्न
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् ।  आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकमा उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन् । उनले काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचना छलफल बिनै जारी भएको बताएकी छन् । उनले भनिन्...

यो वर्षको दशैंमा नयाँ नोट नसाटिने

यो वर्षको दशैंमा नयाँ नोट नसाटिने
यो वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले यो पटक नोट नसाट्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यो वर्ष नयाँ नोट नसाटिने जानकारी दिएका हुन् । नयाँ नोटको सट्टामा पुरानै सुकिला नोट भने दिइने उनले बताए । राष्ट्र बैंकले यो वर्षको दशैं–तिहारका लागि पनि ५, १० २०, ५० र १०० का सुकिला नोट सटही गर्नेछ । बैंकले प्रत्येक वर्ष प्रतिव्...

मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट
काठमाडौँ  / संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेट गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारे छलफल भएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पाण्डे र राजदूत अन्सारीबीचको भेटमा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा ...

सुन्दरहरैँचामा करेन्ट लागेर एक जनाको मृत्यु

सुन्दरहरैँचामा करेन्ट लागेर एक जनाको मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का ३९ वर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान साढे ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

विराटनगरका पाँच स्थानमा ट्राफिक लाईट जडान हुँदै

विराटनगरका पाँच  स्थानमा ट्राफिक लाईट जडान हुँदै
विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको छ। ७७ लाखको लागतमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको हो। ट्राफिक लाइट जडान गर्न ई थ्रि यार्सा जे.भी. काठमाडौंलाई ठेक्का दिएको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान गरिदै छ । पहिलो चरणमा कन्चनबारी,घास चौक,रोडशेष, जलजला चौक र तिन...

रुपेशको मलेसीयामा छुरा हानी हत्या : आराेपित मिलन पक्राउ

रुपेशको मलेसीयामा छुरा हानी हत्या : आराेपित मिलन पक्राउ
रोजगारीका लागि मलेसिया गएका एक नेपाली युवकको हत्या भएको छ । सिराहाका रुपेश यादवको छुरा (चक्कु) प्रहारबाट हत्या भएको हो । उनकै साथी मिलन गुरुङले गए राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।  साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

होटलको कोठामा युवतीको हत्या अभियोगमा युवक पक्राउ

होटलको कोठामा युवतीको हत्या अभियोगमा युवक पक्राउ
 मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेला परेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो । खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्...

प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट

प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट
प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् । 'हेर्ने कथा' बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन् । प्रधानमन्त्री ओलीले प्रकाशको ...

सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै

सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै
सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ । समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो । समितिको म्याद १५ दिनका लागि थप्न लागिए...

अमेरिकामा अर्का नेपाली मृत फेला

अमेरिकामा अर्का नेपाली मृत फेला
अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ । उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् ।  उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ । मृत्युको कारण पत्ता नलागेको बता...