सरकार र नर्सहरुबीच सहमति
सरकारी सरह तलब सुविधासहित विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच सहमति भएको छ।
शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो। वार्तामा गठित कार्यदलका सबै सदस्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। तर, जेनजीको तर्फबाट वार्तामा सहभागी नर्स प्रतिनिधिले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेकी छन्।
मन्त्रालयका प्रवक्ता डा. प्...











