पत्रकार सम्मेलनबाटै पक्राउ परे ज्ञानेन्द्र शाही
काठमाडौं– सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । शाहीले आइतबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा झगडा भएपछि सुरक्षाका लागि भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर प्रहरी परिसरका डीएसपी देवेन्द्र पाण्डले शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हातहालाहालको स्थिति बनेपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको जनाए ।
शाहीले आयोजना गरेको पत्रका...











