मिनीबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

मिनीबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
कपुञ्चनर,  कपुञ्चनरको कृष्णपुर नगरपालिका ५ अमखैया जंगलमा गएराति मिनीबस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भारतीय नम्बरको मिनीबस र विपरीत दिशाबाट आउँदै गरेको म २ प ९०२७ नम्बरको मोटरसाइकल गएराराति सवा ९ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ३ का ४४ वर्षीय जय बहादुर रानाको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा गएराति नै मृत्...

ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट  २ जनाको मृत्यु
१६ पुस,रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका २ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी सवार सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय छन् । सुरेन्द्रको जिल्ला अस्पताल गौरमा र राजेन्द्रको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ना ३८ प ५१५३ नम्बरको मोटरसाइक...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु। एक जना गम्भीर घाईते

ट्याक्टर दुर्घटनामा  एकको मृत्यु। एक जना गम्भीर घाईते
दाङ्गमा ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाईते भएका छन् । जिल्लाको बबई गाउँ गाउँपालिका–२ रातामाटास्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ त ३२५७ नम्वरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खस्दा सोही गाउँपालिका ५ जौबारीका २६ बर्षीय चालक खुमबहादुर बुढाथोकीको मृत्यु भएको हो । त्यस्तै सह चालक रातामाटाका २५ बर्षीय टोपबहादुर खत्री गम्भीर घाईते भई थप उपचारका लागि कोहलप...

आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्ती देवीको उपचारको क्रममा मृत्यु

आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्ती देवीको उपचारको क्रममा मृत्यु
आगो ताप्ने क्रममा लागेको आगोमा जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको जिराभवानी गाउँपालिका–१ भवानीपुर बस्ने प्रमोद दासकी श्रीमती २६ वर्षीया शान्ती देवी यादव आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी थिइन् । गत पुस ३ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्तिको वीरगन्जमा उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर अस्पताल रेफर गरिएको थियो । कीर्तिपुर अस्पतालमा उपचारकै क...

गृह मन्त्रालय तानिएका सीडीओ रिजाल अख्तियारको हिरासतमा

गृह मन्त्रालय तानिएका सीडीओ रिजाल अख्तियारको हिरासतमा
दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई अख्तियारले हिरासतमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीडीओ रिजाललाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो। तत्कालिन प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट मंरिस १८ गते २१ हजार लिएको तथ्य सार्वजनिक भएको थ...

अब भाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने

अब भाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने
काठमाडौँ । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । ...

प्रदेश नाम र राजधानी निर्णय कार्यान्वयन गराउन नेकपा नेतृत्वलाई सकस

प्रदेश नाम र राजधानी निर्णय कार्यान्वयन गराउन नेकपा नेतृत्वलाई सकस
काठमाडौँ । प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने निर्णय कार्यान्वयन गराउन सत्तारुढ नेकपा नेतृत्वलाई सकस हुने देखिएको छ । नेकपा प्रदेश ३ का नेताहरुले सचिवालको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय कार्यान्वयन गराउन नसक्ने जानकारी पार्टी अध्यक्षद्वयलाई दिएका छन् । आईतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रस्ताव गर्ने निर्णय गरेको थियो। सचिव...

आजबाट २०२०, सन् २०१९ लाई फर्किएर हेर्दा

आजबाट २०२०, सन् २०१९ लाई फर्किएर हेर्दा
काठमाडौँ । मंगलबार मध्यरातबाट अंग्रेजी क्यालेन्डर अनुसार २०१९ साल विदा भएर २०२० शुरू हुँदै छ । सन् २०१९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोग प्रस्तावदेखि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमनपछिको राजनीतिक घटनाक्रम र उब्जिएको परिस्थितिले वर्ष २०१९ चर्चामा रह्यो । नेपालमा भने चिनियाँ राष्ट्रपतिको भ्रमणले वर्ष २०१९ लाई ऐतिहासिक बनायो । २०१९ का चर्चित राजनीतिक घटनाक्रम चिनि...

विवाहको १९ वर्षपछि दुलही पुरुष भएको खुलेपछि…

विवाहको १९ वर्षपछि दुलही पुरुष भएको खुलेपछि…
एजेन्सी । सबैभन्दा नजिकको सम्बन्ध हो पति र पत्नीको सम्बन्ध । यो सम्बन्धमा कुनै पनि कुरा गोप्य भन्ने रहँदैन । तर एउटा श्रीमानले आफ्नी श्रीमती पुरुष हुन् भन्ने कुरा १९ वर्ष पनि मात्र थाहा पाए । यस्तो सम्भव होला ? तर बेल्जियममा यस्तो सम्भव भएको हो । कसरी भने उनले विवाह गर्दा ति पुरुष लिंग परिवर्तन गरेर महिला बनेका थिए । जुन घटनालाई उनले विवाह भएको १९ वर्ष सम्म पनि आफ्ना श्रीमानवाट लुकाउन सके । तर ...

क्यान्सरको शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु

क्यान्सरको शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु
रोमानियाको राजधानी बूकरेस्टस्थित फ्लोर्यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि आगो लागेर एक बिरामीको मृत्यु भएको छ । आगो लागेर ६६ वर्षीया महिलाको मृत्यु भएको हो । शल्यक्रिया गर्नुअघि महिलाको शरीरमा अल्कोहलयुक्त ‘डिसइन्फेक्टेन्ट’ प्रयोग गरिएको थियो । चिकित्सकले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिप्दा अचेत अवस्थामा राखिएको महिलाको शरीरभरि आगो फैलिएको जनाईएको छ । आगोले शरीरको...