एजेन्सी । सबैभन्दा नजिकको सम्बन्ध हो पति र पत्नीको सम्बन्ध । यो सम्बन्धमा कुनै पनि कुरा गोप्य भन्ने रहँदैन । तर एउटा श्रीमानले आफ्नी श्रीमती पुरुष हुन् भन्ने कुरा १९ वर्ष पनि मात्र थाहा पाए । यस्तो सम्भव होला ?

तर बेल्जियममा यस्तो सम्भव भएको हो । कसरी भने उनले विवाह गर्दा ति पुरुष लिंग परिवर्तन गरेर महिला बनेका थिए । जुन घटनालाई उनले विवाह भएको १९ वर्ष सम्म पनि आफ्ना श्रीमानवाट लुकाउन सके । तर उनको ब्यवहारका कारण रहस्य खुल्यो तर त्यती बेला सम्म निकै ढिलो भइसकेको थियो । बेल्जियममा एक व्यक्तिले विवाह गरेको १९ वर्षसम्म आफ्नी पत्नी लाई महिला सम्झिरहेको थिए । तर, उनी त पुरुष पो रहछन् ।

एक व्यक्ति सुन्दरी युवतीसंग सुन्दर जिन्दगी बिताउनको लागि विवाह गरे । तर, उनलाई धोका भयो । ती नक्कली महिला इन्डोनेशियाकी हुन । ती महिलाले लिंग परिवर्तन गरेका कारण उनी झुक्किएका थिए ।

१९ वर्ष वित्दा सम्म उनले आफुनी श्रीमती प्रति अलिकति पनि शंका गर्नसकेका थिएनन् । यी नक्कली महिलाले जागिर पाएपछि भने रहस्य पनि खुल्यो । जागिर पछि उनको स्वभाव परिवर्तन हुन थाल्यो । संगै काम गर्ने साथीहरुसंगको ब्यवहारका कारण पतिले पनि उनको रहस्य थाहा पाएका हुन् । उनको स्वाभाव एकाएक परिवतन भएको थियो । उनले पुरुषको साथ पार्टीमा अल्कोहल पिउन शुरु गरेको देखे पछि उनका पति सशंकित भएका थिए ।

पतिलाई शंका लागेर सोधेपछि आफु पुरुष भएको स्वीकार गरेको थियो । केही वर्ष अगाडि लिंग परिवर्तन गरेको उनले बताएका थिए । उनका श्रीमानले आफुलाई धोका भएको भन्दै अदालतमा विवाह रद्द गर्नको लागि आवेदन दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया