दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर खान नपाउने

दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर खान नपाउने
भारतको आसाममा दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने भएको छ ।असामको मन्त्रीमण्डलले गत सोमबार सो निर्णय गरेको हो । उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ । सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि सरकारले उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले जारी गरेको एक वक्तव्यमार्फत् जानकारी दिएको हो । सन् २०१७ को सेप्टेम्बरमै आसामको विधान सभा...

मादक पदार्थ सेवन गरी १५ वर्षीया छोरीको गरे बलात्कार

मादक पदार्थ सेवन गरी १५ वर्षीया छोरीको गरे बलात्कार
छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो । किशोरीकी आमा रोजगारीका सिलसिल...

विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते

विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते
काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरस्थित विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा ३९ विद्यार्थी घाइते भएका छन् । विद्यालयको ट्रसको छानो कमजोर भएकाले कक्षा कोठा भित्र विद्यार्थी रहेका बेला खसेको थियो । घाइते विद्यार्थीहरुलाई उद्धार गरी मेडिसिटी अस्पताल लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । घाइते सबैको अवस्था सामा...

विराटनगरबाट तास खेल्दै गर्दा छ जना पक्राउ

विराटनगरबाट तास खेल्दै गर्दा छ जना पक्राउ
विराटनगर / मोरङको कटहरी गाउँपालिका–२ बाट तास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई मंगलबार राति पक्राउ गरेको छ । राति १० बजे ३५ वर्षीय सुरेश मण्डल, ६५ वर्षीय भुवनेश्वर मरिक, २५ वर्षीय दीपक मरिक, ३० वर्षीय शिवेन्द्र मरिक, ३८ वर्षीय मोहम्मद साफी र ४३ वर्षीय धिरज गुप्ता पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा सुरेश मण्डलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता ...

पुरानो घर भत्काउने क्रममा दुई घाइते

पुरानो घर भत्काउने क्रममा दुई घाइते
काठमाडौँ / चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए। ...

जनकपुरमा गोली हानी पेट्रोल पम्प सञ्चालककाे हत्या

जनकपुरमा गोली हानी पेट्रोल पम्प सञ्चालककाे हत्या
जनकपुरधाम / जनकपुरमा गोली हानी एकजनाको हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का शिव आयल पेट्रोल पम्पका सञ्चालक अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ। उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ। ...

जनकपुरमा गोली हानी पेट्रोल पम्प सञ्चालककाे हत्या

जनकपुरमा गोली हानी पेट्रोल पम्प सञ्चालककाे हत्या
  जनकपुरधाम / जनकपुरमा गोली हानी एकजनाको हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का शिव आयल पेट्रोल पम्पका सञ्चालक अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ। उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको...

तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँदै

तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँदै
काठमान्डाैं / नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् । कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चर...

वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित, दुवै पक्ष दबाबमा

वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित, दुवै पक्ष दबाबमा
काठमान्डाैं / नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमानदारिताका साथ बिनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्ने जनाएको हो । नेकपा महासचिव विप्लवद्वारा मिति उल्लेख नगरी जारी गरिएको विज्ञप्तिमा वार्ताका लागि सरकारले इमानदारित...

जनप्रतिनिधि नै ठेकेदार : मनपरी प्रकृति दोहनले बस्ती जोखिममा

जनप्रतिनिधि नै ठेकेदार : मनपरी प्रकृति दोहनले बस्ती जोखिममा
ललितपुर / ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन्। उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन्। ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन्। गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र क...