काठमाडौँ / चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया