छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो ।

किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकमाथि अनुसन्धान सुरु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

वीरगञ्ज ११ वडा अध्यक्ष प्रधुम्न सेढाईंले छोरीको आरोपपछि प्रहरीले बुवालाई प्रक्राउ गरी लगेको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया