विराटनगर / मोरङको कटहरी गाउँपालिका–२ बाट तास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई मंगलबार राति पक्राउ गरेको छ । राति १० बजे ३५ वर्षीय सुरेश मण्डल, ६५ वर्षीय भुवनेश्वर मरिक, २५ वर्षीय दीपक मरिक, ३० वर्षीय शिवेन्द्र मरिक, ३८ वर्षीय मोहम्मद साफी र ४३ वर्षीय धिरज गुप्ता पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा सुरेश मण्डलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । पक्राउ परेकाहरुको साथबाट ६८ हजार नौ सय रुपैयाँ र तीन बुक तास पनि फेला पारिएको उनको भनाइ छ । पक्राउ परेकाहरु विरुद्ध बुधबार जुवा ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया