फेरि आजपनि प्रतितोला ९०० ले घट्यो सुनको मूल्य
आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ ।