अभियान लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन
अभियान लघुवित्तको आइपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो।
यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर...




