नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलाको ९३ हजार ५०० मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले वृद्धि भएर एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया