सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ३०० र तेजाबी सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ रहेको थियो ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया