शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ८ रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार १ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा तोकिएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया