रहेनन् लोक गायक लामा
वरिष्ठ कलाकार एवम् लोक गायक जयनन्द लामाको निधन भएको छ ।
हास्य कलाकार शिवहरि पौडेलले लामाको निधन आज (बुधबार) बिहानका राति २ बजेतिर भएको जानकारी दिए । उनका अनुसार सुटिङबाट घर फर्किएर सवारीसाधन पार्किङ गर्ने क्रममा लामा त्यहीँ ढलेका थिए ।
लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृङ्खलामा अभिनयसमेत गरेका छन् । मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा उनको अभिनय छ । लामाले पछिल्लो...











