पुर्वका चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनीक भएको छ । ‘सररर इन्जिने गाडी’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् । श्रीकृष्ण लुईटेल (बोके दाह्री) र मनिषा पोखरेलको स्वर रहेको गीतमा शब्द र संगित पनि लुईटेलकै रहेको छ । उक्त गीतमा जोनी योञ्जनको एरेन्ज रहेको छ ।

सुमन योन्जनको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै अन्जली माझी, रमेश भट्टराई, खेमराज भट्टराई, मिलन परियार, मेनुका गिरी, संचिता पञ्चकोटी र सम्वृद्धि ओझा लगायतको अभिनय रहेको छ ।

उनका ‘ए बा किन्देउन भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।

तपाईको प्रतिक्रिया