विराटनगर /  एल एण्ड सि मोडेल एजेन्सी ले आयोजना गरेको विराटनगर लिटल प्रिन्स एण्ड एन्जल २०७८ को उपाधि शितोस्ना खड्काले जितेको छिन । जित सँगै उनले १५ हजार नगद पुरस्कार ट्रफि साथै प्रमाण पत्र प्राप्त गरिन । यस्तै सनिशा शाक्य दोस्रो र शुग्यानी बुढाथोकी तेस्रो भएका छन् ।
उनीहरूले क्रमशः १० हजार नगद ट्रफि तथा प्रमाणपत्र र ५ हजार नगद ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन् । बिहिबार भएको फिनालेमा १४ जना प्रतिस्पर्धी सहभागी थिए । ७ बर्ष देखि १४ बर्ष सम्मका बालबालिकाको प्रतिस्पर्धा रहेको यो पेजेन्टलाई आयोजक कमिटी एल एण्ड सि मोडेल एजेन्सीका सिइओ दिपक गिरी, कोर्डिनेटर सन्जु सापकोटा र कोरियोग्राफर रसना कार्कि लगाएतको टिमले आयोजना गरेको हो ।
फिनालेको निर्णायकको रूपमा नेपाली कांग्रेस प्रदेश सभा सदस्य बिन्दिया कार्की, २००६ का मिस्टर पुर्वाञ्चल जय शर्मा, शिल्पा  कार्की, अन्जना कट्टेल सुवेदी रहेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिका मेयर भिम पराजुली, नेकपा एमाले विराटनगर महानगरपालिका अध्यक्ष सागर थापा, चर्चित गायक सुमित खड्का लगायतको उपस्थिति थियो । मिडिया पार्टनरको रूपमा पञ्चकाेशी  टाइम्स अनलाइन र कोशी टाइम्स राष्ट्रिय दैनिक पत्रिका रहेको थिए ।

शुजन श्रेष्ठ (सम्पादन/ सञ्चालक)

तपाईको प्रतिक्रिया