मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमिडी क्लब’ कार्यक्रम निर्माणको घोषणा गरेको छ।

अढाइ वर्षदेखि प्रसारण हुँदै आएको जितु नेपाल संचालित सो सोमबारदेखि बन्द भएको हो। जितुले पत्रकार सम्मेलन आयोजना गर्दै सो बन्द हुनुमा फुलन्देको आमा अर्थात उमेश राईलाई दोषारोपण गरेका थिए।

साथै, उनले कि एडभर्टाइजिङले पनि आफूलाई धोका दिएको बताएका थिए। अब भने उमेश राई र की एजेन्सी मिलेर नयाँ सो संचालन गर्ने भएका हुन्।

तपाईको प्रतिक्रिया