गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन्। जोशीले हेलिकप्टरमा खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।
इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन्।
इन्दिरा स्वयम्ले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो सम्बन्ध पक्का गरेकी हुन् । उनले प्रस्ताव राखेको भिडिओ साथै तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


























