वरिष्ठ कलाकार एवम् लोक गायक जयनन्द लामाको निधन भएको छ ।

हास्य कलाकार शिवहरि पौडेलले लामाको निधन आज (बुधबार) बिहानका राति २ बजेतिर भएको जानकारी दिए । उनका अनुसार सुटिङबाट घर फर्किएर सवारीसाधन पार्किङ गर्ने क्रममा लामा त्यहीँ ढलेका थिए ।

लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृङ्खलामा अभिनयसमेत गरेका छन् । मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा उनको अभिनय छ । लामाले पछिल्लो समय हाँस्य टेलीश्रृङ्खला ‘हल्का रमाइलो’मा समेत अभियान गर्दै आएका थिए ।

नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा उनी निर्णायकको भूमिका निर्वाह गरिसकेका कलाकार हुन् । नेपाली लोक सङ्गीतको क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ । लामाले थुप्रै लोक गीतहरु गाएका छन् ।

तपाईको प्रतिक्रिया