बैशाख ’१ गते’ नयाँ बर्षाको दिन मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ?
लहानदेखि पूर्व–पश्चिम लोकमार्गको चार किलोमिटर पश्चिममा पर्छ– फूलबारी चोक । नेपालमा जलवायु परिवर्तनले धरै वनस्पति लोप भएको र मौसमअनुसार नफुल्ने र नफल्ने दाबी भइरहेको अवस्थामा पनि सिरहाको यो रूखमा भने वैशाख १ गतेकै दिन फूल फुल्दै आएको छ । पहिले भोटियाटोल भनेर चिनिने उक्त चोकदेखि करिब आधा किलोमिटर पैदल यात्रा गरेपछि नौ बिघा क्षेत्रफलमा फैलिएको पुरानो तथा रमणीय वन भेटिन्छ । सयौँ वर्ष पुराना रूखहरू भेट...