इटहरी ट्राफिक प्रहरीलाई ‘राडार गन’
इटहरी, सवारीसाधनको गति मापन गर्ने ४८ लाख १७ हजार १ सय ९० रूपैयाँको ७ सेट ‘राडार गन’ १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीलाई प्रदेश सरकारले प्रदान गरेको छ ।
सडक सुशासन कार्यक्रम अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले राडार गनसहित अन्य सामग्रीहरू प्रदान गरेको हो ।
प्रदेश सरकारले प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न तीनवटा सामग्री ७७ लाख ९ हजार ९ सय ९...










