आज पुनः सरकारी वकिल कार्यालयमार्फत रविसहित ३ जनालाई अदालतमा पेश गरिँदै
हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई आज पुनः सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिँदैछ । उनीहरुलाई अझै रिहा गर्ने, हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।
अनुसन्धान सकिएको वा बाँकी नै रहेको भन्नेब...