मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन
६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको अन्तरकुन्तरसँगै मन्त्रीहरूलाई प्रधानमन्त्रीले दिएको निर्देशनले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएकाे छ । यसबाहेक शुल्क फिर्ता माग्दै मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दोलन, एनसेलबारे सर्वोच्चले गरेको फैसला, गुण्डागर्दीको पछिल्लो अवस्थालगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले नजर लगाएका छन् । मन्त्री हेरफेरपछि प्रमुख सत्तारूढ दल नेकपामा असन्तुष्...

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे
मंसिर ५, काठमाडौँ । बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । आज बिहान उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा  पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शितल निवासमा गरिएको उक्त विशेष कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गर्न लगाएकी थिईन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले ३ राज्य मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए । पुनर्गठित म...

६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार

६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार
इटहरी । त्रिदेशीय जोड्ने निर्माणाधिन ६ लेन सडक विस्तार मनपरी मापदण्डमा भएको भन्दै इटहरी उपमहानगरपालिकाले सडक आयोजना सँग सम्पूर्ण कागजात माग गरेको छ । फरक मापदण्ड चौतफीै विरोध हुन थाले सँगै इटहरी उपमहानगरपालिकाले डिपिआर र ठेक्का सम्झौताका सम्पूर्ण कागजात माग गरेको हो । मापदण्डको विषय विवाद धेरै बढेको भन्दै डिपिआर संशोधन भए पुरानो र संशोधन गर्नु पर्ने कारण माग गरेको हो । साथै खरिद सम्झौता लगा...

आफ्नो भूमि फिर्ता ल्याएरै छाड्नेः प्रधानमन्त्री

मंसिर १, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सिमामा पारेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका छन् । उनले नेकपाका भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । भारतले हालसालै सार्वजनिक गरेको आफ्नो नयाँ राजनितक नक्सामा नेपाली भूभाग आफ्नो सिमामा पारेपछी  प्रधानमन्त्री ओलीले आफ्नो देशको एक इन्च भूमि पनि  कसैलाई मिच्न नदिने बताए...

नेपाल-भारत सीमा विवाद : ‘अन्तर्राष्ट्रिकरण’ अन्तिम विकल्प

नेपाल-भारत सीमा विवाद : ‘अन्तर्राष्ट्रिकरण’ अन्तिम विकल्प
काठमाडौँ ।   नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने भन्नेमा बहस सुरु भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियकरण गर्न जरुरी नभएको प्रतिक्रिया दिएका छन्। सीमासम्बन्धी जानकार र कूटनीतिज्ञले पनि अन्य विकल्पबाट समाधान नभए मात्रै अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएका छन्। पूर्वराजदूत दीपकुमार उपाध्याय सीमा विवाद अन्तर्राष्ट्रिय...

बालुवाटार जग्गा हिनामिना प्रकरण : पूर्वमन्त्री गच्छदारसँग अख्तियारकोे चार घण्टा बयान

बालुवाटार जग्गा हिनामिना प्रकरण : पूर्वमन्त्री गच्छदारसँग अख्तियारकोे चार घण्टा बयान
काठमान्डाैं / प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक (शुक्रबार) साँझ गच्छदारसँग चार घण्टा लामो बयान लिएका हुन् । अख्तियारले साँझ ५ बजेदेखि ९ बजेसम्म गच्छदारसँग लामो बयान ...

हाम्रो पार्टी असफल भए मुलुक नै असफल हुन्छ !” बाबुराम भट्टराई

हाम्रो पार्टी असफल भए मुलुक नै असफल हुन्छ !” बाबुराम भट्टराई
संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकृत भएर बनेको समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पहिलो परिषद् बैठकमा पेस भएको छ।      पूर्वप्रधानमन्‍त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बिहीबार सुरु भएको परिषद् बैठकमा यस्तो प्रतिवेदन पेस गरेका हुन्। भट्टराईले पेस गरेको २५ पृष्ठ लामो प्रतिवेदनमा ‘राष्ट्रिय राजनीतिमा वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’...

राष्ट्रपतिद्धारा आयोजित रात्रि भोजमा बंगलादेशी राष्ट्रपतिलाई रेन्बो ट्राउट

राष्ट्रपतिद्धारा आयोजित रात्रि भोजमा बंगलादेशी राष्ट्रपतिलाई रेन्बो ट्राउट
काठमाडौँ ।  चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । बुधबार होटल याक एण्ड यतिमा आयोजना गरिएको रात्रि भोजमा हमिदका लागि नेपाली खानाको मेनु तयार पारिएको छ। उनलाई खानाको रुपमा रेन्बो ट्राउट, लप्सीको अचार,ककनीको कुरिलोको सुप, एभोकाडो साँधेको,गुल्मीको कफी,इलामको चिया राखिएको छ। यस्तै भटमासको कबाब ...

नेपाली सेनाले सीमाको अध्ययन शुरु

नेपाली सेनाले सीमाको अध्ययन शुरु
काठमाडौं–नेपाल–भारतबीच सीमा विवादको विषय चासो र चर्चाको विषय बनिरहँदा नेपाली सेनाले सीमाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले करिब ३ महिना अगाडिदेखि नै सीमाको अध्ययन शुरु गरेको हो । रक्षामन्त्रीस्तरीय निर्णयको आधारमा पुराना दस्तावेज समेतको आधारमा सीमा नाकाको अध्ययन शुरु गरिएको सैनिक स्रोतले  जानकारी दियो । नेपाली सेनाले ‘सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान केन्द्र’ स्थापना गरी ...

अब सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य प्रत्येक १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी

अब सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य प्रत्येक १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उनले १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी भइरहेको जानकारी दिए । बैठकमा सांसदहरूले सीमा सुरक्षा कमजोर भएकोबारे सरकारको धारणा मागेका थिए । ‘हामीले सीमामा ‘काउन्टर इन्टेलिजेन्ट’ परिचालन गर्न लागेका छौं,’ थापाले भने । भारतसँगको खुला सीमाका कार...