कुवेतबाट नेपाली लिएर काठमाडौं ओर्लियो पहिलो जहाज
कुवेतमा आममाफी पाएका नेपाली महिलालाई लिएर उडेका दुई जहाजमध्ये पहिलो जहाज काठमाडौं आइपुगेको छ।
कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे उडेको जजिरा एयरवेजको उडान नम्बर जे९–१५४१ जहाज काठमाडौं आइपुगेको हो।
अर्को जहाज साढे १ बजेभित्र आइपुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दुई जहाजमा गरेर जम्मा ३ सय आममाफी पाएका महिला रहेको दूतावासले जनाएको छ।
कुवेतमा आममाफी पाएकालाई पहिलो चरणमा स्वदेश फिर्...