स्थानीय सरकार प्रमुखको गुनासो : ‘काम गर्न पाएनौं’
विराटनगर महानगरपालिकाले शिक्षक सरुवा गर्दा संघीय कानुनले रोक्यो । माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको भएपनि शिक्षक सरुवाको निर्णयबाट अन्तत महानगरपालिका पछि हट्यो ।
गत जेठमा धरानमा डेंगुले माहामारीको रूप लियो । डेंगु नियन्त्रणका लागि विज्ञको खोजी गर्दा जिल्लाले प्रदेश र प्रदेशले संघलाई देखाउँदा स्थानीय सरकार अलमलमा पर्यो ।
दमक नगरपालिका भित्र १५ शैय्याको सरकारी अस्पताल छ । अस्पताल स...











