काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकको पेटमा बहुमूल्य हीरा भेटिएको छ । आइतबार विमानस्थलमा भारतीय नागरिकको पेटमा बहुमूल्य धातु हीरा भेटिएको हो ।

भारतीय नागरिक मोहम्मद मिदिन सथालीको पेटमा २०० ग्राम हीरा भेटिएको हो । आरए ०४१६ नम्बरको फ्लाइटमा दुबईबाट आएका उनीमाथि शंका लागेपछि अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । उक्त टोलीले सथालीलाई काठमाडौँ मेडिकल कलेज सिनामंगल लगेर चेकजाँच गराउँदा उनको पेटमा उक्त हीरा भेटिएको हो ।

हीरासहित पक्राउ परेका उनलाई महाशाखाको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया