खोटाङ/खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका दान बहादुर राईको घरमाआईतबार विहान आगलागी हुदाँ  करिव पाँच लाख बराबरको क्षति भएको छ ।

राईको ढुङगा, माटो र फुसको छानो भएकोे घर जल्दा अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर करिव पाँच लाख बराबरको क्षति भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्वर तिनका वडा सदस्य तुलस राईले जानकारी दिएका छन । आगलागीमा सर्वस्व गुमाएका  पिडित राई परिवारलाई गाउँपालिकाले २५ हजार आर्थिक सहयोग गरेको छ । चिसो मौसमका कारण पिडितलाई थप समस्या हुन नदिन घटनास्थलमै गएर गाउँपालिकाले तत्काल राहत उपलव्ध गराएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका आगलागी पिडित दान बहादुर राईको परिवारलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आईतबार आर्थिक सहयोग गरेका हुन्  ।आगलागीको कारण भने अहिले सम्म खुल्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया