चन्द्रागिरीकाे बिच जंगलमा पुगेपछि राेकियाे केवलकार , फसे दर्जनाै यात्रु : ८ जनाकाे सकुशल उद्धा

चन्द्रागिरीकाे बिच जंगलमा पुगेपछि राेकियाे केवलकार , फसे दर्जनाै यात्रु : ८ जनाकाे सकुशल उद्धा
चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका छन्। बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्।केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ। स्टेसन नजिक रहेका ८ जना यात्रुको भर् याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ। तर, जंगलको बिचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्न कठिनाई भइरहेको प्रहरीको भनाई छ।

सर्पदंशबाट एक बालकको मृत्यु

सर्पदंशबाट एक बालकको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु-६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिए।  सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित काली...

बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी, असुरक्षा महशुस भएमा सम्पर्क गर्न नेपाली दूतावासको आग्रह

बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी,  असुरक्षा महशुस भएमा सम्पर्क गर्न  नेपाली दूतावासको आग्रह
बङ्गलादेशमा जारी कोटा विरोधी प्रदर्शनले हिंस्रक रुप लिएको छ। प्रदर्शनमा धनजनको क्षति भइरहेको छ।बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द गर्न निर्देशन दिएको छ। यस्तो अवस्थामा बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन त्यहाँस्थित राजदूतावासले सूचना जारी गरेको छ। ' अत्यावश्यक काम ब...

अमेरिकामा चारजना मानिसमा बर्डफ्लुको सङ्क्रमण पुष्टि

अमेरिकामा चारजना मानिसमा बर्डफ्लुको सङ्क्रमण पुष्टि
कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ। सङ्क्रमित चारै जना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ। यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो। यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने ल...

जंगलमा छाडिएका वृद्धको उद्धार गरी अस्पताल भर्ना

जंगलमा छाडिएका वृद्धको उद्धार गरी अस्पताल भर्ना
मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन्। बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । 'चार दि...

कुकुर मारेकाे भन्दै छाेराले गरे बाबुको हत्या

कुकुर मारेकाे भन्दै छाेराले गरे बाबुको हत्या
नवलपरासी पूर्वमा छोराले ढुङ्गाले हानेर बाबुको हत्या गरेका छन् ।  आज (बुधबार) बिहान सवा ११ बजे कावासोती नगरपालिका–५ ठकुरीचोकमा बुबा–छोराबीच झगडा हुँदा ढुङ्गा प्रहारबाट बाबु ४३ वर्षीय  प्रेम कुमालको हत्या भएको हो । घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको पाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए । प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको...

कोशी प्रदेशमा एकवर्षमा विपदबाट ७७ जनाको मृत्यु, सात हजार ९०८ चौपाया मरे

कोशी प्रदेशमा एकवर्षमा विपदबाट ७७ जनाको मृत्यु, सात हजार ९०८ चौपाया मरे
कोशी प्रदेशमा गत एकवर्षको अवधीमा (२०८० असार–२०८१ साउन) ७७ जना नागरिकको मृत्यु प्राकृतिक विपदबाट भएको छ । कोशीका १४ जिल्लामा दुई हजार ८६८ विपदका घटना हुँदा त्यसले ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी एवं प्रवक्ता भीमबहादुर दाहालका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा जस्ता विपद्मा ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका थिए । क...

सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय

सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय
 मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए। ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भने...

सुन तोलाको डेढ लाख नजिक पुग्यो

सुन तोलाको डेढ लाख नजिक पुग्यो
नेपाली बजारमा सुनको भाउले दोस्रो दिन पनि कीर्तिमानी उचाइ छोएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा खरिदबि...

सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

सवारी दुर्घटनामा ११५ जनाको मृत्यु
चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ११५ जनाको मृत्यु भएको छ । २०८० साल साउनदेखि २०८१ असारसम्म भएका दुर्घटनामा ११५ जनाको मृत्यु भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएक...