ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्याक्टर पल्टिँदा चालकको मृत्यु
सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत एकजनाको खेत जोतिरहेको ट्रेक्टर पल्टिँदा  चालकको मृत्यु भएको छ । बरहथवा  १२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना.६ त. १२६५ नम्बरको ट्रेक्टर पल्टिएर स्थानीय पुरैनिया गाउँका ३० बर्षिया चालक सुरेश रायको घटना स्थलमा मृत्यु भएको  हो । जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डीएसपी दीपक श्रेष्ठले घटनाको पुष्टि गर्दै मृतक चालकको शव पोष्टमार्टमका लागि ...

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा
मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। मोरङका १७ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि बुधवार विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्बर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्। नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममार्...

आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या

आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या
रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ। जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको ...

उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरु

उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरु
आम मानिसहरुलाई उच्च रक्तचापका बारेमा केही न केही जानकारी रहेकै हुन्छ। यद्यपि कतिपय मानिसहरुमा केही तथ्यले भ्रम समेत सृजना गरेको हुनसक्छ। उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरु  १.उच्च रक्तचाप संसार हुने मृत्युको पहिलो कारण हो। यसले हृदयघात तथा पक्षघात गराउँछ। त्यसकारण यो विकराल रोग हो। २.उच्च रक्तचाप कतिलाई मान्ने भन्नेबारे जानकारी हुनु आवश्यक छ। यूरोपियन सोसाइटी अफ कार्डियोलोजीक...

कांग्रेसले नयाँलाई अवसर दिने, एमालेले काम गर्न सक्नेलाई सरकारमा पठाउने

कांग्रेसले नयाँलाई अवसर दिने, एमालेले काम गर्न सक्नेलाई सरकारमा पठाउने
सत्ता सहकार्यको सहमति गरेका एमाले र कांग्रेसका नेताहरू सरकारमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।एमाले र कांग्रेसका बीचमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसके पनि मन्त्रीहरूको नाम भने टुंगो लाग्न सकेको छैन। ओली र देउवाका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ। सहमतिनुसार सुरुमा ओली प्रधानमन्त्री हुने र त्यसपछि ...

झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

झापामा  मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
झापाको पाडाजुँगी–गौरीगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ। गौरादह–१ सितापुरीस्थित पाडाजुँगी– गौरीगञ्ज सडक खण्डमा बिहीबार राती १ बजे पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार भारत झारखण्ड राज्य गोडा स्थायी ठेगाना भइ नेपाल पाह...

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी
 गत वर्षको तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन्  । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित  भएका  छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा १७३, लम्कीचुहामा ११३, बर्दगोरियामा ७२,  टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । ...

हामीले चिनेको रवि लामिछाने अब रहनुभएन : मुकुल ढकाल

हामीले चिनेको रवि लामिछाने अब रहनुभएन : मुकुल ढकाल
 राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूले चिनेको जस्तो रवि लामिछाने अब नरहेको बताएका छन् । बुधबार खपार्टीबाट निलम्बित भएपछि पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछाने एक्सन म्यान भएतापनि अब पहिलाको जस्तो नरहेको बताएका हुन् । उनले भने, ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन ।’ उनले देश बाढीपहिरोको संकटमा भएका ब...

एटीएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

एटीएम मेसिन तोडफोडको अभियोगमा पक्राउ
माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडको अभियोगमा  दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित  माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको हो । नुवाकोट किस्पाङ गाउँपालिका–१ का ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं...