प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमसिंह खड्गाले जानकारी दिए ।
साथै प्रधानमन्त्रीओलीलाई ठोस आहार दिन थालिएको पनि कार्यकारी निर्देशक खड्गाले जानकारी दिए ।प्रधानमन...










