सुनको भाउको नयाँ कीर्तिमान : नाघ्यो ८० हजार !
सोमबार सुनको मूल्य ८० हजार कटेको छ। पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेकाे छ।
आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासं...











