पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती २०७६ साल भदाै १८ दिनदेखि बेप’त्ता छिन् । स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी ग’र्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बे’पत्ता भएकी हुन् ।

भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्कविहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिए ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा श्रीमान्ले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताए ।

मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेको बताइएको छ । हाल उनि बेप’त्ता भएको पनि ६ महिन पुगिसकेको छ ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख फेरिएर नयाँ डिएसपी किरणजंग कुँवर अाएपछि बे’पत्ता बनेकी मनिषाको खोजीकार्य तिब्र पारिएको बताएको छ।

तपाईको प्रतिक्रिया