रौतहटमा बुुहारीसँग अनै’तिक सम्बन्ध राखेको आशं’कामा छोराले बाबुको ह’त्या गरेका छन् । जिल्लाको दुुर्गाभगवती गाँउपालिका वडा ३ का राजकुमार पण्डित कुम्हारले आफनै बावु ७० वर्षीय फेँकन पण्डितको गत माघ २८ गते बिहान ३ः३० बजे बि’भत्स ह’त्या गरेका हुन् ।

दुर्गाभगवती ३ देवीपर्सा गाँउछेउमा रहेको गोठमा सुतिरहेको बाबुमाथि हतौडा प्रहा’र गरी राजकुमारल बावुको ह’त्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अभियुक्त पण्डितमाथि ज्यान सम्बन्धी मु’द्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । आफुले आवेशमा आएर सो घ’टना घटाएएको राजकुमारले स्वीकार गरेका छन् । पिपरा बजारमा किराना पसल व्यापार गरेर बसेका छोरा राजकुमारले बाबु र श्रीमतीबीच अनै’तिक सम्बन्ध रहेको आ’शंकामा ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता कार्कीले जानकारी दिए ।

गत माघ २७ गते राती खाना खाएर फेँकन पण्डित दुर्गाभगवती गाँउपालिका ३ दुबीपर्सा गाँउछेउकै आफनो गोठमा एक्लै सुतिरहेका थिए । छोरा राजकुमार देवीपर्सा गाँउमा रहेको घरमा खाना खाएर सुतेका थिए । बिहान ३ बजे घरबाट बाहिरिएका राजकुमार हथौडासहित गोठमा पुगेर बाबुमाथि आ’क्रमण गरेका थिए ।

गोठमा एक्लै सुतिरहेका बाबुको टाउको र अनुहारमा पटक–पटक प्रहा’र गरेका उनले पछि गोठमै राखिएको घाँस काटने ह’तियारले समेत बावुको अनुहारमा प्रहा’र गरेका थिए । लगातार गरिएको आ’क्रमणका कारण बाबु फेँकनको मृ’त्यु भएको प्रहरीको दाबी छ । घट’ना भएलगतै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खडकाको नेतृत्वमा कुकुरसहित घ’टनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया