दुहबीको पशुपति विस्कुट उद्योगमा आगालागी : साढे चार घण्टामा नियन्त्रण
सुनसरीको दुहबीमा रहेको एक उद्योगमा लागेको आगो राती १२ बजे नियन्त्रणमा आएको छ ।
पशुपति विस्कुट उद्योगमा भएको भीषण आगलागी साढे ४ घण्टापछि राती साढे १२ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मंगलबार साप्ताहिक बिदा रहेको उद्योगमा राति करिब ८ बजेबाट आगलागि भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्र दुहबी प...











