‘विप्लव’ छाडेर नेकपामा प्रवेश
विराटनगर / प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता आइतबार सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले खादा र अविर लगाएरस्वागत गरे । ...









