भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने तयारीमा

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने तयारीमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बौद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् बौद्ध पूर्णिमाको अवसरमा जेठ २ गते मोदी नेपाल आउन लागेको हुन् । लुम्बिनीको भ्रमण योजनामा मोदी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन् । उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनीमा पुग्ने कार्यक्रम तय भएको छ ।  

रथ यात्राकाे क्रममा करेन्ट लागेर ११ जनाकाे मृत्यु

रथ यात्राकाे क्रममा करेन्ट लागेर ११ जनाकाे मृत्यु
भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा केही बालबालिका पनि छन् । घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका परिवा...

बच्चाहरुका लागि दुई कोरोना खोपलाई स्वीकृति

बच्चाहरुका लागि दुई कोरोना खोपलाई स्वीकृति
भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ। कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए। यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो। त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइए...

अफगानिस्तानमा विस्फोट, ५ जनाको मृत्यु

अफगानिस्तानमा विस्फोट, ५ जनाको मृत्यु
अफगानिस्तानमा बिहीबार विस्फोट भएको छ । अफगानिस्तानको माजर ए शरीफमा भयानक विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटमा परी ५ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् । दुई दिनअघि पनि राजधानी काबुलमा तीनवटा विस्फोट भएका थिए । ती विस्फोटमा कम्तिमा ६ जनाको मृत्यु भएको थियो । एजेन्सी

अफगानिस्तानको विद्यालयमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ११ घाइते

अफगानिस्तानको विद्यालयमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ११ घाइते
अफगानिस्तानको राजधानी काबुलस्थित विद्यालयहरुमा बम विस्फोटन गराइँदा ६ जनाको मृत्यु भएको छ। विद्यालयमा भएका श्रृंखलावद्ध बम आक्रमणमा अन्य ११ जना घाइते भएको सीएनएनले जनाएको छ। खबरअनुसार मंगलबार काबुलको पश्चिमी क्षेत्रका केही विद्यालयहरुमा आक्रमण भएको पाइएको छ। यस घटनाको कुनै समूहले जिम्मा लिएको छैन। विद्रोही शक्ति तालिबान सत्तामा आएपछि अफगानिस्तानमा यस्ता विस्फोटनको घटना घटेका थिए। यसअघि ...

विद्यालयमा विस्फोट हुँदा छ जनाको मृत्यु

विद्यालयमा विस्फोट हुँदा छ जनाको मृत्यु
अफगानिस्तानको विद्यालयमा विस्फोट हुँदा छ जनाको मृत्यु भएको छ । विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो । दु...

दिल्लीमा फेरि कोरोना संक्रमितहरु बढ्दै

दिल्लीमा फेरि कोरोना संक्रमितहरु बढ्दै
छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । दिल्लीमा कोरोना संक्रमण दर लगातार बढिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलृ जनाएको हो । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिड–१९ का १२६ जना नयाँ संक्रमितहरु भेटिएका छन् । अप्रिल ४ यता दिल्लीमा कोरोना संक्रमण दर लगातार बढिरहेको बताइएको छ । कोरोना संक्रमणदर घटिरहेको अवस्थामा डीडीएमएको बैठकमा मास्क नलगाउनेलाई जरिवाना तिराउ...

चीनमा एकै दिन साढे १६ हजार कोरोना संक्रमित

चीनमा एकै दिन साढे १६ हजार कोरोना संक्रमित
 चीनमा कोरोना संक्रमण पुनः फैलिएको छ । चीनका २७ वटा प्रान्तमा एक साथ फैलिएको ओमिक्रोन भेरिएन्टबाट एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टी भएको छ । जसमा संघाई शहरमा मात्रै एकैदिन ८ हजार ५ सय ८१ जना संक्रमित भएका छन् । संघाइमा कोरोना नियन्त्रणका लागि आंशिक रुपमा लकडाउन घोषणा गरिंदा पनि संक्रमितको संख्या नघटेको बताइएको छ । सरकारले १ करोड भन्दा बढी नागरिकको कोरोना जाँच गर्न निर्देशन दिएको छ । सा...

१३ बालिका बलात्कार गरेका शिक्षकलाई मृत्युदण्ड

१३ बालिका बलात्कार गरेका शिक्षकलाई मृत्युदण्ड
इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । त्यहाँको अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा ती शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो । समाचार संस्था रोयटर्सकाअनुसार बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि ...

सांघाईमा आजदेखि लकडाउन घोषणा, तेलको भाउमा गिरावट

सांघाईमा आजदेखि लकडाउन घोषणा, तेलको भाउमा गिरावट
चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ। यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बताइएको छ...