चितुवाको आक्र’मणमा परी घाइ’ते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार

तनहुँकी एक महिला चितुवाको आक्रम’णमा परेकी आफ्नी छोरीलाई खो’सेर उद्धा’र गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्र’मण गरी घि’सारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडे’र छोरीलाई बचाउनुभएको हो ।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आ’क्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले ता’नेर लगेसँगै होह’ल्ला गर्दै आमाले चितुवासँग ल’डेर छोरी बचाउनुभएको हो । चितुवाको आक्र’मणमा परी घा’इते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आमासँगै हात समा’तेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भि’डेर छोरी बचाउन सफल

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक÷एकवटा न’ङ्ग्रा गाडे’र घा’इते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वा’स्थ्य खत’रामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिनुभयो । “गाउँमा चितुवाको आ’तङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ । आमासँगै हात समातेर गएकी छोरीलाई चितु’वाले ता’ने पनि श्रीमतीले साहसका साथ चितुवासँग भि’डेर छोरी बचाउन सफल भइन्”, न्यौपानेले भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया