महिलाहरूले आफूले देखेको वा सुनेको कुराहरू कहिले पनि आफैँमा सीमित राख्न सक्दैनन् ।

केही दिनसम्म कुरा लुकाएर बसे पनि कसलाई सुनाउँ भन्ने भावना जाग्ने हुँदा उनीहरूलाई सुनाउन नसकेको कुरा एक प्रकारको बोझ जस्तै लाग्न थाल्छ ।

त्यसैले, महिलाहरूले कोही न कोही आफ्नो साथी वा मिल्ने मानिसहरूलाई सुनाउने गर्छन् ।

महिलाहरू पुरुषको तुलनामा धेरै इमोशनल हुने हुँदा आफ्नो भावना पोख्ने हतार हुने देश विदेशमा गरिएको विभिन्न अनुसन्धानले देखाएको छ ।

पुरुषको तुलनामा महिलाहरू छिट्टै अरुलाई विश्वास गर्ने गर्छन् ।

अरुलाई छिट्टै विश्वास गर्ने कारण पनि महिलाहरू आफ्नो कुरा वा आफूले सुनेका कुराहरू सजिलै अरुलाई भन्ने गर्छन् ।

कुनै पनि नयाँ कुरा थाहा पाउँदा महिलाहरू त्यसलाई आफैँमा सीमित राखेर कसैलाई नभनी धेरै बेर बस्न सक्दैनन् ।

महिलाहरूमा अरुको गोप्य कुराहरु जान्ने, आफन्त, छिमेकीदेखि लिएर आफ्ना आसपासका मानिसहरूको सानोभन्दा सानो कुरा जान्ने उत्सुकता बढी हुन्छ ।

र, महिलाहरूलाई इमोशनल बनाएर कुनै पनि कुरा मुखबाट फुत्काउन सजिलो हुन्छ ।

एक आपसमा कुरा फैलिँदै जाँदा कुराहरू मिसिएर अर्कै अर्थसमेत लाग्ने हुँदा कसैको घरसमेत बिग्रिन सक्छ ।

त्यसैले महिलाहरूले अरुलाई छिट्टै विश्वास भने गरिहाल्नु हुँदैन ।

तपाईको प्रतिक्रिया